मिटरब्याजीपीडितमाथि बल प्रयोगबारे गृहमन्त्री- प्रहरीमाथि ढुंगामुढा भयो, डीएसपीको अनुहारमा ८ टाँका छ (भिडिओ) – Nepal Press

मिटरब्याजीपीडितमाथि बल प्रयोगबारे गृहमन्त्री- प्रहरीमाथि ढुंगामुढा भयो, डीएसपीको अनुहारमा ८ टाँका छ (भिडिओ)

‘राता पट्टि लगाएका मानिसहरुले ‘आज निर्णायक दिन’ भन्दै ढुंगा ईंट्टा जम्मा गरेका थिए’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीमाथि प्रहरीले हिजो बल प्रयोग गरेको आरोपमा आज प्रष्टीकरण दिएका छन् ।

मिटरब्याजीको समुहभित्रबाट प्रहरीमाथि ढुंगा–ईंट्टा प्रहार भएपछि घटना भएको उनले बताए । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले हिजोको घटनाप्रति दुख व्यक्त गरे । मिटरब्याज पिडितलाई कसरी न्याय दिने भन्नेमा सरकारले पहल अगाडि बढाइसकेको र हर हालतमा न्याय दिने प्रतिवद्धता उनले व्यक्त गरे ।

जागरण अभियानका रुपमा कसैले मिटरव्याजीलाई अगाडि बढाए पनि अन्यथा नसोच्ने मन्त्री श्रेष्ठको भनाइ थियो । तर, मिटरव्याज पिडितका नाममा न्याय दिने अभियानलाई कमजोर पार्ने काम कसैले गर्नु नहुनेमा उनले जोड दिए ।

‘आयोगले काम थालिसक्यो । सिडीओको नेतृत्वमा कमिटी बनिसक्यो । पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं । होलिस्टिक एप्रोचबाट समाधानका प्रक्रिया अगाडि बढाएको छ । जनजागरण अभियानबाट बल पुर्याउनेलाई पनि धन्यवाद । तर, जनजागरणका नाममा पिडितहरुलाई नै दुख दिने काम नगरौं,’ उनले भने ,

मन्त्री श्रेष्ठले हिजोको घटनाबारे आफूले सत्यतथ्य बुझेको उल्लेख गरे । घटनाबारे वर्णन गर्दै उनले भने, ‘उहाँहरु शान्तिबाटिकामा जहाँ बस्नुभएको छ, त्यहाँ प्रहरीहरु पहिले पनि जाने र निगरानजी गर्ने गर्थे । उनीहरुलाई सुरक्षा दिन पनि पर्यो । तर सँधैझैं हिजो त्यहाँ जाँदा अर्कै खालको परिस्थिति देखियो । त्यहाँभित्रबाट प्रहरीलाई तपाईंहरु बाहिर जानुस भनिएछ । टाउकोमा राता पट्टि लगाएका छन् । बाँसका भाटा र ईंटा जम्मा गरिएको छ । ‘निर्णायक दिन’ भनिएको छ । त्यसैले प्रहरी अलि सचेत भए । अलि बढी दवावको मनोविज्ञानमा आए । बाहिरबाट पनि केही मान्छे भित्र जान थाले । भित्र लाठी–ढुंगा थुपारेका छन् भनेपछि केही घटना गराउँछन् कि भन्ने भयो । खबरदार बाहिर जाउ भनेपछि प्रहरीले बाहिरबाट ढोका लगाएछन् । त्यति भइसकेपछ ढुंगा प्रहार हुन थाल्यो । मैले कमाण्डका डिएसपीलाई पनि भेटेँ । उहाँको नाक भाँचिएको छ, ओठ फुटेर सात टाँका लगाएको छ । हेरिसाध्ये छैन । सहायक हवल्दारको हात फ्याक्चर छ । आठ प्रहरी घाइते भएका छन् । कमाण्डरलाई आक्रमण भइसकेपछि प्रहरी उत्तेजित भएको देखिन्छ । तर, प्रहरी प्रशासन सँधै संयमित र जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *