नागरिकताको विषयमा राष्ट्रिय सहमतिको पहल गरिन्छ : गृहमन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

नागरिकताको विषयमा राष्ट्रिय सहमतिको पहल गरिन्छ : गृहमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशका सबै योग्य नागरिकले छिाटोभन्दा छिटो नागरिकता पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको बताएका छन् । तर, यो एउटा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस भन्ने चाहेको उनले स्पष्ट पारे ।

आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले संविधानले नागरिकताको हक सबै नेपालीलाई प्रदान गरेको भए पनि ऐन बनाएर मात्रै उपलब्ध गराउन भनेको स्मरण गराए । राष्ट्रपतिबाट विगतमा विधेयक फिर्ता भइसकेपछि ऐन निर्माणको प्रक्रिया अवरुद्ध बनेको उनको भनाइ थियो ।

श्रेष्ठले भने, ‘कतिपय नागरिक नागरिकताबाट वञ्चित छन् । संविधान बमोजिम नै नागरिकता पाउनुपर्नेहरुलाई छिटो दिलाउन सरकार प्रतिवद्ध छ । तर, यो एउटा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस भन्ने चाहन्छौं । हामीबीच भएका केही भिन्न दृष्टिकोणमा विचार विमर्श गरे राष्ट्रिय हमतिका लागि पहल गर्नेछौं ।’

संविधानले नै नागरिकता पाउनुपर्छ भनिएकाको हकमा भने अब नागरिकताबाट वञ्चित नगरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर