एनओसीमा लगाइएको रोक खारेजीको माग गर्दै विद्यार्थी सडकमा (भिडिओ) – Nepal Press

एनओसीमा लगाइएको रोक खारेजीको माग गर्दै विद्यार्थी सडकमा (भिडिओ)

काठमाडौं । पढ्नका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अव्जेक्सन लेटर(एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

स्नातक वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफुहरु मर्कामा परेको भन्दै विद्यार्थीहरुले काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले एनओसी निर्देशिका खारेज गर, हामीलाई एनओसी चाहियो लगााएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गर्दै शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ । जसका कारण लामो समयदेखि भाषा पढिरहेका बिद्यार्थीहरु अन्यौलमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *