सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक – Nepal Press

सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक

काठमाडौं । गायक सुजन चापागाईंको नयाँ गीत ‘फूलथुंगे रानी’ सार्वजनिक भएको छ । कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको हो । म्युजिकल फिल्ममार्फत् कथा भन्ने आर्टमान्डुले यसपटक भने प्रस्तुतिमा फरक शैली अपनाएको छ ।

आर्टमान्डुको यो म्युजिकल फिल्मको निर्देशन टीममा नवीन चौहानसँगै सुरज कटुवाल पनि रहेका छन् । भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ । दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यु गरेका हुन् ।

‘फुलथुंगे रानी’ लाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसँग सहकार्यमार्फत् निर्माण गरेको हो । सार्वजनिक गीतमा गीतकार हर्क साउदको शब्द छ ।

साउदको शब्द रहेको गीत ‘कहाँ थियौ फूलकी ए फूलथुंगे रानी’, ‘पुतली झैं नानारंगी कटक्कै मन खानी’, ‘तीनपाते’ देखि चर्चामा आएका सुजनका ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका अधिकांश गीत चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर