मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट – Nepal Press

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो ।

मलेसियाका लागि कप्तान फैजले सर्वाधिक ७६ रन जोडे । उनले आउट हुनुअघि, ओपनर विरन्दीपसँग १ सय १६ रनको साझेदारि गर्दै ९५ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए ।

ओपनर मोहमद अमिर १८ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पभेलियन फर्किएका थिए । सायद अजिज १३ रन बनाएर सोमपाल कामीको बलमा क्याच आउट हुँदा खिजार हायात २२ रनमा आउट भए ।

नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । भने, सोमपालले आफ्नो स्पेलको ९ ओभर फाल्दै ४० रन खर्चिए। यस्तै, ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।

मुलपानी मैदानमा जारी अर्को खेलमा सिंगापुरले हङकङलाई ४२.१ ओभरमा अलआउट हुँदै १ सय ७५ रनको लक्ष्य दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर