सन्दीपले लिए फैजको विकेट, नेपाललाई दोस्रो सफलता – Nepal Press

सन्दीपले लिए फैजको विकेट, नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिए ।

सन्दीपले फैजले विरन्दीपसंहसँग १ सय १६ रनको साझेदारीलाई तोड्दै दोस्रो विकेट लिएका हुन् । पहिलो विकेट लिने क्रममा गुलसन झाले ओपनर मोहामद अमिरलाई आउट गरेका थिए ।

जारी खेलमा मलेसिया ३५ ओभरको समाप्तिमा १४७/२ को स्थितमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर