मेयर बालेनविरुद्धको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा – Nepal Press

मेयर बालेनविरुद्धको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा

काठमाडौं । सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ ।

उक्त मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा हुने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन
र विसर्जन गर्न रिटमा आदेश माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर