काठमाडौंमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी आयोजना हुने (भिडिओ) – Nepal Press

काठमाडौंमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी आयोजना हुने (भिडिओ)

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ ।

हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो ।

स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीबाट नेपाली उद्योगी-व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पुग्ने विश्वास गरिएको छ ।

१७६ व्यापारिक कक्ष रहने प्रदर्शनीमा पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिने आयोजक कम्पनीका अध्यक्ष कपिल अधिकारीले जानकारी दिए । प्रदर्शनीको एक लाख बढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *