लागूऔषध ब्राउनसुगरसहित कास्कीबाट दुईजना पक्राउ – Nepal Press

लागूऔषध ब्राउनसुगरसहित कास्कीबाट दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजना पक्राउ गरेको छ ।

कास्कीको चिप्लेढुंगाको एक होटलबाट कास्कीकै तालचोकका ३२ वर्षीया रमा माया कुमाल र भारत पश्चिम बंगालका ३७ वर्षीय अनारुल ईस्लामलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम, लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान र मोबाइल थान २ जफत गरिएको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर