३४ हजार फिटमाथि १३० जना यात्रु उडाउँदै गर्दा पाइलट निलम्बनमा, अध्यक्षसँग स्पष्टीकरण माग – Nepal Press

३४ हजार फिटमाथि १३० जना यात्रु उडाउँदै गर्दा पाइलट निलम्बनमा, अध्यक्षसँग स्पष्टीकरण माग

काठमाडौं । नेपालको हवाई क्षेत्रका बेला बेलामा नयाँ नयाँ घटना बाहिर आउने गरेको छ । गत मंगलबार पनि त्यस्तै एउटा घटना नेपाली हवाई क्षेत्रमा घटेको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशी आकाशमा जहाज उडाइरहेका पाइलटलाई निलम्बन गरेको घटना बाहिरएको छ । अध्यक्ष अधिकारीले क्याप्टेन आरके शेरचनलाई आकाशमा जहाज उडाइरहेकै बेला इमेल पठाएर निलम्बन गरेका थिए ।

अध्यक्ष अधिकारीले विदेशी आकाशमा जहाज उडाइरहेका पाइलटलाई निलम्बलन गरेपछि उनीमाथि नेपाल नगरिक उड्डयन प्राधिकरणले ३ दिने स्पष्टीकरण सोधेको छ ।

‘गत ११ अप्रिल २०२३ को काठमाडौं-हङकङ-काठमाडौं उडानमा रहेका प्रमुख क्याप्टेन आरके शेरचनलाई निलम्बन गर्दाका क्रममा उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने कुरालाई ध्यानमा नराखेको भन्दै वैशाख ३ गते अध्यक्ष अधिकारीलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।

नेपाल एयरलाइन्सका क्याप्टेन शेरचन र कोपाइलट प्रचण्ड खड्का हङकङबाट १३० यात्रु बोकेर काठमाडौं गन्तव्यका लागि निगमको आरए-४१० उडान नम्बरको न्यारोबडी जहाज उडाइरहेका थिए । जहाज चीन, बर्मा, बङ्गलादेश र भारत हुँदै नेपाल आउने रुट थियो । चिनियाँ आकाशमाथि जहाज उडिरहेको बेला क्याप्टेन शेरचन कारबाहीमा परे ।

मंगलबार राति १०ः२० बजे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि मात्रै शेरचनले आफ्नो इमेलमा आफूलाई निलम्बन गरिएको पत्र देखे ।

कोपाइलटको अभाव भएर वाइड बडी जहाज काठमाडौं-दुबई उडान हुन नसकेको विषयमा क्याप्टेन शेरचनलाई निलम्बन गर्नु परेको अधिकारीले जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *