नेपालका ७२ प्रतिशत विमानस्थल हवाई नीतिविपरीत – Nepal Press

नेपालका ७२ प्रतिशत विमानस्थल हवाई नीतिविपरीत

छानबिन समितिको सुझाव कार्यान्वयन नहुँदा हवाई दुर्घटना बढ्दै, हालसम्म १०४ दुर्घटनाबाट ८९९ जनाको मृत्यु

काठमाडौं । नेपालको आकाशमा अहिलेसम्म १०४ जहाज दुर्घटना हुँदा ८९९ जना यात्रुको निधन भइसकेको छ । महालेखापरीक्षकको ६० औँ प्रतिवेदन अनुसार मल्टी इन्जिनका ५० जहाजबाट ४१६, सिङ्गल इन्जिनका ८ जहाजबाट २५, अन्तर्राष्ट्रिय १० जहाजबाट ३७३ र ३६ हेलीकोप्टरबाट ८५ जना गरेर १९४ जहाज दुर्घटनामा परेर ८९९ जनाको मृत्यु भएको हो ।

हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदनमा इन्जिनमा समस्या भएको, मौसमको खराबी, पाइलटको असावधानीलगायत कारणबाट हवाई दुर्घटना हुने गरेको उल्लेख गरेको छ ।

छानबिनबाट प्राप्त सुझाव कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको प्रतिवेदनले औंल्याएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट सन् २०१९ मा नेपालको हवाइ सुरक्षा सम्बन्धमा उठेका विषयलाई सम्बोधन गर्दै सुरक्षित, भरपर्दो, व्यावसायिक र विश्वसनीय हवाई सेवा विस्तार गरी गुणस्तरीय हवाई सेवाको प्रत्याभूति गर्नुपर्ने सुझाव दिइएको छ ।

हवाई उडान हवाई नीति, २०६३ मा सुरक्षित, भरपर्दो, व्यावसायिक र विश्वसनीय हवाई सेवा विस्तार गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको छ ।

७२ प्रतिशत विमानस्थल हवाई नीति विपरीतका स्थानमा निर्माण

हवाई नीति, २०६३ मा तोकिएको दुरीभन्दा कम दूरीमा मुलुकभरका ३९ स्थानमा विमानस्थल निर्माण भएको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ । जसमा अछामको कमलबजार-साँफेबगर १३ नटिकल माइल, फाप्लु–काँगेलडाँडा ८ नटिकल माइल, मसिनेचौर-जुफाल ६ नटिकल माइल लगायत ३९ स्थानमा विमानस्थल निर्माण भएको उल्लेख छ ।

हवाई नीति, २०६३ को दफा ५.७.१ मा हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेश क्षेत्रमा कम्तीमा ४० नटिकल माइल निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दूरी कायम हुनुपर्ने व्यवस्था रहेकोमा सोभन्दा

५४ विमानस्थलमध्ये ३४ विमानस्थल मात्रै सञ्चालनमा

हाल ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभर ५४ विमानस्थल रहेकोमा २० विमानस्थल सञ्चालनमा रहेका छैनन् ।

विमानस्थलको वर्गीकरण गरी कतिपय विमानस्थललाई आकस्मिक अवतरण केन्द्रको रूपमा विकास गर्नेगरी मापदण्ड तयार गर्नुपर्ने र निर्माण सम्पन्न भएका विमानस्थल सञ्चालनमा ल्याउन प्रतिवेदनमार्फत सुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *