कर्णालीमा माओवादी र कांग्रेसबीच मिलेन भागबन्डा, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ – Nepal Press

कर्णालीमा माओवादी र कांग्रेसबीच मिलेन भागबन्डा, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

सुर्खेत । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबन्डा नटुंगिँदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । कुन मन्त्रालय कुन दलले लिने भन्ने सहमति नहुँदा कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

नेकपा एमालेले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसले पाउने निश्चित भएको छ । तर, आर्थिक मामिला तथा योजना मन्त्रालय भने माओवादीले दाबी गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सरकारका प्रवत्ता कृष्णबहादुर जीसीले तीन वटा मन्त्रालयमा कांग्रेसले नेतृत्व गर्ने भएको नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘लिखित केही पनि भएको छैन । कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन । कांग्रेसले तीन जना मन्त्रीको नाम दिएपछि सरकारले पूर्णता पाउँछ ।’

यस्तै कांग्रेस र माओवादीबीच बाँकी आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिमा छलफल चलिरहेको जीसीले बताए । तसर्थ हालका मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा सरकार बन्नेछ भने आधा कार्यकाल कांग्रेस नेतृत्वमा सरकार बन्नेछ ।

यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो अडान छोडेका छैनन् । आधा कार्यकाल आफूले सरकारको नेतृत्व गर्ने उनले दाबी गर्दै आएका छन् ।

मन्त्री जीसीका अनुसार सभामुख हटाउने वा राख्ने विषयमा भने केही कुरा भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर