अस्तित्वमै नरहेको संस्थानमा करिब २ अर्ब सरकारी लगानी – Nepal Press

अस्तित्वमै नरहेको संस्थानमा करिब २ अर्ब सरकारी लगानी

काठमाडौ । नेपाल सरकारले अस्तित्वमै नरहेको २९ वटा कम्पनीमा लगानी गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार गरेको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदनअनुसार २०७८/७९ सम्म अस्तित्वमा नरहेको विभिन्न २९ संस्थानमा सरकारको १ अर्ब ९३ करोड २७ लाख लगानी रहेको छ ।

जसमा आन्तरिक ऋणतर्फ १ अर्ब ७६ करोड ६१ लाख र वैदेशिक ऋणतर्फ १६ करोड ६६ लाख गरी १ अर्ब ९३ करोड २७ लाख लगानी गरेको रकम बाँकी रहेको छ । सरकारले गरेको कुल ऋण लगानीको ०.५१ प्रतिशत लगानी अस्तित्वमा नरहेका संस्थामा मात्र भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर