उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या प्रयास नभएको अनुमान – Nepal Press

उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या प्रयास नभएको अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । फुटेजमा हेर्दा उनी उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेको देखिन्छ ।

सीसीटीभी फुटेजका आधारमा शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या प्रयास गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

हिजो रवि लामिछानेसहितको टीम तनहुँमा आयोजित कार्यक्रममा भाग लिन गएका थिए । उनीहरू फर्किँदा राति करिब ११ बजेको थियो । राति करिब १ बजेतिर सबैजना सुतेका थिए । प्रहरीका अनुसार बिहान करिब साढे ३ बजे घटना भएको हो ।

तस्बिर : राजेन्द्र आचार्यको फेसबुकबाट ।

खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए । त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

घटनापछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गरेका थिए । प्रहरी छतमा पुग्दा डा. मुकुल ढकालका ड्राइभर भने निदाइरहेकै अवस्थामा भेटिएको स्रोतले बतायो । डा. ढकाल भने राति होटलमा सुतेका थिए ।


प्रतिक्रिया

One thought on “उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या प्रयास नभएको अनुमान

  1. The fact he fell head down is not conclusive to say that this was not suicide attempt. There are many examples. One example is the case of Evelyn McHale, leapt to her death from the Empire State Building in 1947. A photograph of her body, lying on a car roof after the fall, was taken by a passing photography student and became famous as “the most beautiful suicide.” In the photo, McHale’s body appears to be falling head down.
    Another example is the case of R. Budd Dwyer, a politician from Pennsylvania who committed suicide during a press conference in 1987. He shot himself in the mouth with a handgun and fell to the ground, appearing to fall head down. let police do their job , do not politicize.

Leave a Reply

Your email address will not be published. Required fields are marked *