विश्व ध्रुवीकरणमा नेपालले लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने सहमति गरेको छ: आरजु राणा (भिडिओ) – Nepal Press

विश्व ध्रुवीकरणमा नेपालले लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने सहमति गरेको छ: आरजु राणा (भिडिओ)

धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपालले विश्व ध्रुवीकरणमा आफ्नो कित्ता तय गरेको बताएकी छिन् ।

धनगढीमा आयोजित नेपाल-भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा बोल्दै उनले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताइन् ।

‘हामी लोकतन्त्रको पक्षमा उभिन्छौं । हामी डेमोक्रेसीको पक्षमा उभिन्छौं । हामी मानव अधिकारको पक्षमा उभिन्छौं भन्ने कुराहरूमा एज अ कन्ट्री अग्री गरेर आएका छौं’, राणाले भनिन् ।

बीजेपी विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी भएको कार्यक्रममा राणाले यस्तो बताएकी हुन् । तर, नेपालले कहिले र कस्को पालामा कुन मञ्चमा विश्व ध्रुवीकरणमा उभिने आफ्नो कित्ता तय गरेको भने राणाले बताइनन् ।

फरक प्रसङ्गमा राणाले सुदूरपश्चिमका सबै जिल्लामा पुल भएपनि डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत श्रीवास्तवलाई ध्यानाकर्षण गराइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर