दूधको पैसा नदिएपछि डेरी र मिष्ठान भण्डार किसानको धर्ना – Nepal Press

दूधको पैसा नदिएपछि डेरी र मिष्ठान भण्डार किसानको धर्ना

रुपन्देही । लामो समयसम्म आफूले बिक्री गरेको दूधको भुक्तानी नपाएपछि रुपन्देहीका किसानले आन्दोलन थालेका छन् ।

बुटवलको कस्तुरी मिष्ठान भण्डार र पाठक दूध डेरीले रकम नतिरेपछि किसानहरूले दुईवटै पसलमा धर्ना दिएका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दूध बेचेका किसानहरू धर्ना दिन आएका हुन् । लामो समयसम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो ।

सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तुरी मिष्ठान भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार तिर्न बाँकी छ । पटक-पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।

आर्थिक मन्दीका कारण व्यवसाय नचलेको भन्दै व्यापारीहरूले यसरी किसानको उत्पादनको रकम पनि रोक्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर