सात वर्षअघि नेपालका लागि डेब्यु गरेको सम्झँदै सन्दीप लेख्छन्- भविष्यलाई लिएर एक्साइटेड छु – Nepal Press

सात वर्षअघि नेपालका लागि डेब्यु गरेको सम्झँदै सन्दीप लेख्छन्- भविष्यलाई लिएर एक्साइटेड छु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले भविष्यलाई लिएर एक्साइटेड रहेको बताएका छन् ।

७ वर्षअघि आजकै दिन नेपालका लागि डेब्यु गरेको स्मरण गर्दै सन्दीपले देशको प्रतिनिधित्व गर्न पाएकामा खुशी समेत व्यक्त गरेका छन् ।

सन्दीप यतिबेला बलात्कारको आरोप खेपिरहेका छन् । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सन्दीपले नेपाली टोलीमा पुनरागमन गरेर खेलिरहेका छन् । उनी उच्च लयमा देखिन्छन् ।

सन्दीपसहितको नेपाली टोलीले घरेलु मैदानमा मंगलबारदेखि एसिसि प्रिमियर कप खेल्दै छ । सन्दीपका नाममा धेरैवटा राष्ट्रिय कीर्तिमान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर