मन्त्रालय पुगेर भारतीय राजदूतले दिए नवनियुक्त परराष्ट्रमन्त्रीलाई बधाई – Nepal Press

मन्त्रालय पुगेर भारतीय राजदूतले दिए नवनियुक्त परराष्ट्रमन्त्रीलाई बधाई

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई दिएका छन् ।

आज साँझ मन्त्रालय नै पुगेर राजदूत श्रीवास्तवले साउदलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा साउदलाई परराष्ट्रमन्त्री बनाएका थिए ।

नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री बनेका साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *