नौ खेलाडीमा सीमित संकटासँग एपीएफ पराजित – Nepal Press

नौ खेलाडीमा सीमित संकटासँग एपीएफ पराजित

काठमाडौं । जुनियर केङ्गेको निर्णायक गोलमा ९ खेलाडीमा सीमित संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबलाई १-० गोलले पराजित गरेको छ ।

च्यासल रंगशालामा किकअफको समयभन्दा करिब आधा घण्टा ढिला सुरु भएको खेलको २९औं मिनेटमा पाएको पेनाल्टीमा जुनियरको गोलमा जीत निकाल्दै संकटाले तीन अंक जोड्यो ।

एपीएफका डिफेन्डर पेपेले विंगर आयुष घलानमाथि फाउल गरेपछि संकटाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै जुनियरले गरेको गोल संकटाको जीतलाई पर्याप्त बन्यो ।

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको संकटा दोस्रो हाफमा मनिष डाँगी र आन्द्रे बियिकले रातो कार्ड व्यहोरेपछि ९ खेलाडीमा सीमित भयो । एपीएफका विक्रम धिमालले पनि रातोकार्ड व्यहोर्दा १० खेलाडीमा समेटिएको थियो ।

त्यसमाथि संकटाले पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म बचाउँदै तालिकाको पाँचौं स्थानमा उक्लियो । संकटाले ९ खेलमा १५ अंक जोडेको छ । पराजित एपीएफ ९ खेलमा ११ अंकसहित तालिकाको नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर