कोरिया र इटाली पठाउने भन्दै २२ जनासँग ६६ लाख ठगी गर्ने कन्सल्टेन्सी सन्चालक र एमडी पक्राउ – Nepal Press

कोरिया र इटाली पठाउने भन्दै २२ जनासँग ६६ लाख ठगी गर्ने कन्सल्टेन्सी सन्चालक र एमडी पक्राउ

काठमाडौं । दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, पोर्चुगललगायत देश पठाई दिने भन्दै २२ युवासँग ६६ लाख रुपैयाँभन्दा ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सन्चालक र म्यानेजिङ डाइरेक्टर पक्राउ परेका छन् ।

गोंगबुस्थित ग्रिनलिफ इन्टरनेसनल कन्सल्टेन्सीका सन्चालक कालिकोटका २८ वर्षीय सुधनकुमार शाही र म्यानेजिङ डाइरेक्टर सोलुखुम्बुका ३१ वर्षीय अनिल श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरु नेपाल स्नोफल माउन्टेन ट्रेक एन्ड एक्सिपिडिसन प्रालीमा पनि सन्चालक र म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनिहरुले युवाहरुसँग ५ लाख लागतमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर