ओलीको स्वास्थ्यमा समस्या – Nepal Press

ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुकमार्फत बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’

स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’

स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर