आईपीएलमा सचिनका छोराका डेब्यु, खेलअघि बाबु-छोराको गुरु-चेला ‘जेस्चर’ – Nepal Press

आईपीएलमा सचिनका छोराका डेब्यु, खेलअघि बाबु-छोराको गुरु-चेला ‘जेस्चर’

काठमाडौं । मास्टर ब्लास्टर सचिन तेन्दुलकरको छोरा अर्जुनलाई इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा खेलेको हेर्ने सपना पुरा भएको छ ।

अर्जुन अहिले भइरहेको मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा अर्जुन खेल्दैछन् । अर्जुनले मुम्बई इन्डियन्सबाट डेब्यु गरेका हुन् ।

२३ वर्षीय अर्जुन सन् २०२०/२१ सिजनमै मुम्बईमा आबद्ध भएपनि आईपीएलमा डेब्यु गर्ने अवसर पाएका थिएनन् । ६ फिट एक इन्च उचाईका अर्जुन बायाँ हाते मिडियम फास्ट बलर हुन्। उनले हालसम्म भारतीय टोलीबाट खेलेका छैनन् ।

सचिनले सन् २००८ देखि २०१३ सम्म मुम्बई इन्डियन्सबाटै आईपीएल खेलेका थिए। उनलाई सन् २०१४ मा मुम्बईले टीम आईकन घोषणा गरेको थियो ।

त्यसअघि खेलाडीका रुपमा सचिनले लगाएको १० नम्बर जर्सी कसैलाई लगाउन नदिने पनि घोषणा भएको थियो । मुम्बईले गत वर्ष अर्जुनलाई ३० लाख भारुमा रिटेन गरेको थियो । सचिन-अर्जुन आईपीएल खेल्ने पहिलो बाबु–छोरा बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर