तनहुँवासीमाझ स्वर्णिम वाग्ले भन्छन्- रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामीले जित्नुपर्छ (भिडिओ) – Nepal Press

तनहुँवासीमाझ स्वर्णिम वाग्ले भन्छन्- रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामीले जित्नुपर्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँको विकास र देशको अर्थतन्त्र उकास्ने आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वैशाख १० को उपनिर्वाचन केवल एक थान सांसद निर्वाचित गरेर प्रतिनिधिसभा पठाउने कर्मकाण्डी संसदीय क्यालेण्डरमात्रै नभएको बताए ।

उनले भने, ‘यो परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ पनि हो । यो रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामी परिवर्तनवादीहरुले जित्नुपर्छ । तनहुँको विकास गर्ने, राजनीति सङल्याउने र अर्थतन्त्र उकास्ने मेरो प्रमुख कार्यसूची हो । यहाँ वर्षौंदेखि एउटै समस्या समाधान हुन सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर