नवनियुक्त परराष्ट्रमन्त्री साउद भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रक्रिया थाल्छु (भिडिओ) – Nepal Press

नवनियुक्त परराष्ट्रमन्त्री साउद भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रक्रिया थाल्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आगामी दिनमा पनि विश्वभरका देश र छिमेकी मुलुकहरुसँग सम्बन्धलाई घनिष्ट बनाउँदै लाने बताएका छन् ।

आइतबार शपथलगत्तै पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आइरहेको छ । त्यसैको गृहकार्यको लागि तपाईंको मात्रै शपथ गराइएको भन्ने चर्चा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो पनि एउटा कारण हुन सक्छ । त्यसमा छलफल अगाडि बढाउँछौं । भर्खरै कार्यालयमा आएको छु । सचिवज्यूहरुसँग ब्रिफिङ लिन्छु । त्यसपछि मात्रै थाहा हुन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाखभित्र भारत भ्रमणको तयारी गरिरहेका छन् । सोहीअनुसार आज उनले परराष्ट्र मन्त्रीका रुपमा साउदको शपथ गराएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर