प्रधानमन्त्रीलाई एमालेले सोध्यो- व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई एमालेले सोध्यो- व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले व्यवस्था उल्टिन लागेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नयाँ बर्षमा व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ? भन्दै प्रश्न गरे।

उनले भने, ‘नयाँ वर्षमा प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा पर्यो। यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएकोरु सार्वभौम सदन चलिरहेको बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो। सदन सूचित हुनुपर्यो। कसले यो व्यवस्था उल्ट्याउन खोजेको छ?’

व्यवस्था उल्टाएर कसको कारणले संकट भयोरु भन्दै संसदलाई जानकारी गराएर चुनौतीको सामना गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर