सकियो ‘जय हो’को छायांकन – Nepal Press

सकियो ‘जय हो’को छायांकन

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै छायांकन सकिएको छ। ३० दिन लगाएर गरिएको कास्की र मुस्ताङको विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

टेक पौरखी राईको निर्देशन रहेको चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन।

चलचित्र सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेतको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ।

सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको चलचित्र आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गर्ने तयारी भईरहेको छ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता राज के अधिकारी र सुरज सरकारलेमिलेर निर्माण गरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर