प्रकाशमान भन्छन्: अब जनताको आश कांग्रेससँग मात्रै छ – Nepal Press

प्रकाशमान भन्छन्: अब जनताको आश कांग्रेससँग मात्रै छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धिकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाले जिल्ला आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए ।

उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए । जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ ।

उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर