‘जारी’ पाइरेसी भएपछि साइबर ब्युरोमा उजुरी – Nepal Press

‘जारी’ पाइरेसी भएपछि साइबर ब्युरोमा उजुरी

काठमाडौं । गत शुक्रबार अर्थात् बैशाख १ गतेबाट प्रदर्शनरत आएको सिनेमा ‘जारी’ पाइरेसीको मारमा परेको छ । सामाजिक सञ्जालबाट सिनेमा पाइरेसी भइरहेको भन्दै निर्माताले प्रहरी उजुरी दिएका हुन् । सिनेमाले दुई दिनमा आक्रामक व्यापार गर्दै ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ । आज पनि हलमा दर्शकको चाप उस्तै छ ।

आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध निर्माता मणिराम पोखरेलले प्रहरी साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित जारीका दृश्यहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ । दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको सिनेमाले अहिले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । सिनेमाका लामा- लामा दृश्य पनि टिकटकमा हालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर