संस्थागत रुपमा पहिलो पटक सिबिफिनले पायो प्रबल जनसेवाश्री मानपदवी – Nepal Press

संस्थागत रुपमा पहिलो पटक सिबिफिनले पायो प्रबल जनसेवाश्री मानपदवी

काठमाडौं । आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ ।

संविधान दिवस २०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहज्यूले ग्रहण गरेका थिए ।

सो मानपदवी संस्थागतरुपमा पहिलो पटक सिबिफिनले पाएको हो । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गरिरहेको छ ।

बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सिबिफिन स्थापनाकालदेखि नै अनवरतरुपमा लागि पर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर