रवि लामिछानेप्रति विश्व पौडेलको टिप्पणी: साइबर सेना राखेर आक्रमण गर्छन्, हराएर सबक सिकाऔं – Nepal Press

रवि लामिछानेप्रति विश्व पौडेलको टिप्पणी: साइबर सेना राखेर आक्रमण गर्छन्, हराएर सबक सिकाऔं

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चितवनका जनतालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हराउन आह्वान गरेका छन्। लामिछानेले स्टन्ट गरेको भन्दै उनले वैशाख १० को उपनिर्वाचनमा हराएर सवक सिकाउनुपर्ने बताए।

कांग्रेस नेता समेत रहेको पौडेलले फेसबुकमा लेखेका छन्, ‘जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरु डा। सुर्यकान्त घिमिरे, डा। भोजराज अधिकारी, डा। विश्व पौडेल (म आँफै)ले हार्र्यौं। उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, हार्नुभयो। हामीले हार्दा कस्ता क्षमतावानले जिते, जगजाहेर छ।’

उनले गोजीमा नागरिकता नहुनेले देश बनाउँछु भन्ने गफमा जनता भुलेको टिप्पणी गरे। ‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकीरु पानी ओसार्ने नौटंकीरु कोही स्थानीयले सिइओको जागिर पाएरु एयरपोर्ट गएर कसैलाई ल्याइयोरु’ उनले प्रश्न गरे।

उनले कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताए आवश्यक परेको बेलामा सहजै उपलब्ध हुने उनको भनाइ छ। ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानियको सुख दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो’ उनले भनेका छन्, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।’

उनले रास्वपा सभापति लामिछानेले अध्याँरो कुरामा साइवर सेना राखेर आक्रमण गरिरहेको आरोप लगाएका छन्। ‘जितनारायण स्टन्टवाज होइनन्। यि अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अध्याँरो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्’ उनले भनेका छन्, ‘चितवनमा यसपालि जनताको समस्यालाई स्टन्टको बिषय बनाउनेहरुलाई हराऔं र सबक सिकाऔं। रंगमा पोतिएका नीला स्याललाई बाघ मान्ने गल्ती अब नगरौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर