काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा (भिडिओ) – Nepal Press

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा (भिडिओ)

काठमाडौं ।हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।

यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको  सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता सहर छ । चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको बैंकक रहेको छ ।

हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर