बालकोटमा बैठक बोलाएर प्रधानमन्त्री आफैं गएनन्, सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप – Nepal Press

बालकोटमा बैठक बोलाएर प्रधानमन्त्री आफैं गएनन्, सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तीन दलको बैठकमा आफैँ अनुपस्थित भएका छन्। बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन्।

प्रधानमन्त्री आफैंले बालकोटमा ९ बजेको लागि बैठक बन्ने तय भएपनि अन्तिम समयमा विभिन्न बहाना देखाएर अनुपस्थित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले बताए।

उनले नेपाल प्रेससँग भने, ‘टिआरसी विधेयक, संयुक्त समिति निर्माणका बिषयमा छलफल गरेर जाने भन्ने कुरा थियो। अहिलेसम्म संघीय संसदको संयुक्त समिति नै बन्न सकेको छैन। सुनुवाई समिति, प्रधानन्यायाधिक नियुक्ति पनि संसदीय समिति नभएकै कारणले रोकिएको छ। त्यसबारे छलफल गर्न प्रधानमन्त्री स्वम्ले बालकोटामा बैठक बोलाउनुभएको थियो।’

९ बजेका लागि बैठकका लागि एमालेको तर्फबाट प्रतिनिधि र सभामुख देवराज घिमिरे पनि बालकोट पुगिसकेपछि ९ः२० तिर प्रधानमन्त्रीले बैठकमा आउन नसक्ने जवाफ पठाएको उनले बताए। प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा पनि नआएपछि आफूहरु बालकोटबाट निस्किएको उनले बताए।

संसदको २१/२२ वटा बैठक बस्दापनि अहिलेसम्म बिषयगत समिति बनाउन नसकेकोप्रति आपत्ति जनाए। उनले भने, ‘यतिका बैठक बसिसक्यो न संसदले विजनेश पाएको छ। नत बिषयगत समिति नै बन्न सकेका छन्। विधेयकहरु छलफलका लागि टेबुल भएर चाङ लगाइसकेको छ। तर, बिषयगत समितिमा छलफल हुने वातावरण बनेको छैन।’

उनले संवैधानिक नियुक्तिलाई पनि अगाडि बढाउन आवश्यक भएपनि सरकारले चासो नदिएको आरोप लगाए। उनले भने, ‘हामी प्रतिपक्ष सबै हिसाबले छलफल गरेर जाऔं भन्नेमा तयार छौं। तर, सरकारपक्ष आलटाल गरिरहेको छ। उनी उहाँहरुनै प्रतिपक्ष तयार छैन भन्दै हिँड्नुहुन्छ। सत्तापक्षकै कारणले मुलुकमा तत्काल टुंग्याउनुपर्ने बिषयमा छलफल हुन नसक्नु दुर्भाग्य बनेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर