राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान – Nepal Press

राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई राष्ट्रपतिद्वारा ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरिएको छ ।

शुक्रबार राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकामा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरिएको बैंकले जनाइएको छ ।

बैंकका अनुसार अग्रवाल ६ दशकदेखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै कुशल व्यवसायीक रणनीतिकार एवम् व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउदै आएका छन् ।

अग्रवाल बैंकको पूर्व अध्यक्षका साथै हाल विशाल गु्रपको अध्यक्ष पनि रहेको बैंकले बताएको छ । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल, कमला रोलिङ मिल्स तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा भूमिका निर्वाह गरिसकेको बैंकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर