नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको आज पदबहाली – Nepal Press

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको आज पदबहाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् । बिहान ११ बजे पदाधिकारीहरुले पदबहाली गर्न लागेका हुन् ।

गत वर्षको चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आजबाट आफ्नो पद सम्हाल्न लागेका हुन् । महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औं साधारणसभाले ढकाललाई २०औं अध्यक्ष घोषणा गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर