सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु – Nepal Press

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धाकाे आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर