ब्राउन सुगरसहित हेटौंडाबाट तीनजना पक्राउ – Nepal Press

ब्राउन सुगरसहित हेटौंडाबाट तीनजना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडामा प्रहरीले लागूऔषध सहित तीन युवालाई हेटौंडा उपमहानगरपालिका-१० न्यूरेनीबाट पक्राउ गरेको छ ।प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित तिन युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट ३५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर