पर्याप्त शाे नपाएपछि ‘बुलाकी’ हलबाट उतार्ने निर्माताकाे घाेषणा – Nepal Press

पर्याप्त शाे नपाएपछि ‘बुलाकी’ हलबाट उतार्ने निर्माताकाे घाेषणा

काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने भएको छ । पर्याप्त शो नपाएपछि ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका हुन् ।

आजबाट नै प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गरेका छन् ।अब चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने निर्माण पक्षले बताएको छ ।

काठमाडौंले अवहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार दोहोर्‍याएको भन्दै निमार्ता विष्टले दुख व्यक्त गरे ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं ।’

उनले हलबाट चलचित्र निकाल्नुको कारण समेत उल्लेख गरेका छन् । उनले आफू थाकेको मात्र हारेको छैनभनेका छन् । नयाँ वर्षको दिन एकैदिन नेपाली हलमा तीन वटा चलचित्र प्रदर्शनमा आएको थियो । जारी, बुलाकी र विहेपास चलचित्र एक आपसमा भिडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर