देश अराजकतातिर जाँदैछ : डा शेखर कोइराला – Nepal Press

देश अराजकतातिर जाँदैछ : डा शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताए ।

उनले भने, ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ त भन्न चाहन्न,तर देश आर्थिक क्षेत्रमा मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिक लगायत कुनै पनि क्षेत्रमा सही तरिकाले हिँड्न सकेको छैन ।’

कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले काँग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर