नयाँ वर्षमा झुमेको दरबारमार्ग (तस्बिरहरू) – Nepal Press

नयाँ वर्षमा झुमेको दरबारमार्ग (तस्बिरहरू)

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा शनिवार काठमाडौंको दरबारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६’ औं दरबारमार्ग सडक महोत्सव आयोजना भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना भएको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि महोत्सवको आयोजना भएको हो ।

महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति दिएका छन् ।

कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई नचाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर