रौतहटमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एकजनाको मृत्यु – Nepal Press

रौतहटमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एकजनाको मृत्यु

जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चलेको छ । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको हो ।

गोली लागेर मृत्यु हुनेमा स्थानीय राजकुमार राय यादव छन् । झडपको क्रममा गोली लागेर यादवको मृत्यु भएको पुष्टि रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले गरे ।

उनका अनुसार गोली कसले चलाएको कुरा खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगिसकेको छ । घटनामा राम प्रताप यादव, कपिलदेव राय, निरञ्जन यादव लगायतका व्यक्ति घाइते भएका छन् ।

जग्गा सम्बन्धी विवादपछि दुई पक्षबीच झडप भएको बताइएको छ । यसबारे विस्तृत विवरण आउन नसकेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर