प्रधानमन्त्रीलाई भारत भ्रमणको हतारो, एनपी साउदले भोलि परराष्ट्रमन्त्रीको शपथ लिने – Nepal Press

प्रधानमन्त्रीलाई भारत भ्रमणको हतारो, एनपी साउदले भोलि परराष्ट्रमन्त्रीको शपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आइतबार कांग्रेस सांसद एनपी साउदको शपथग्रहण हुने भएको छ ।

कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिन लागिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई एनपी साउदको नाम सिफारिस गरेको बताइएको छ ।

कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई भारत भ्रमणको हतारो, एनपी साउदले भोलि परराष्ट्रमन्त्रीको शपथ लिने

  1. म दिल्लीको एक नम्बरको दलाल हुँ भनेर देखाउने प्रतिष्पर्धा छ गठबन्धनका झोलेहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर