कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेका छन् : चित्रबहादुर केसी (भिडिओ) – Nepal Press

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेका छन् : चित्रबहादुर केसी (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् ।

जनमोर्चाले शनिवार काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन् ।

उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्रै लडिरहेको जिकिर गरे । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको धारणा राखे ।

लोकतन्त्र गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ । केसीले पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर विकल्प खोज्न बाध्य भएको उल्लेख गरे ।

उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिङ्गर बनाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर