यहाँ प्रधानमन्त्री कति टिक्ने ठेगान छैन : सिके राउत – Nepal Press

यहाँ प्रधानमन्त्री कति टिक्ने ठेगान छैन : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनको दलका नेता सिके राउतले प्रधानमन्त्री प्रचण्ड कत्ति टिक्ने कुनै ठेगान नभएको बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री उपनिर्वाचनपछि फेरिने तर्क गर्दै राउतले यस्तो बताएका हुन् । गत चैत १५ गते भएको कांग्रेस, माओवादी र जनमतको सहमतिमा इमानदार भए जनमत नभए कांग्रेसले मुख्यमन्त्री पाउने भन्दै राउतले जसपाले मुख्यमन्त्री नपाउने संकेत गरे ।

आफ्नो सामाजिक सञ्जालमा राउतले लेखेका छन्, ‘यहाँ प्रधानमन्त्री आफैँ त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदै छ। सत्ताधारीको धम्कीको कुनै अर्थ छैन। चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार भए जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर