अस्थिरता निम्ताउनेहरू संघीयताको विरुद्धमा लागे : मुख्यमन्त्री गिरी (भिडिओ) – Nepal Press

अस्थिरता निम्ताउनेहरू संघीयताको विरुद्धमा लागे : मुख्यमन्त्री गिरी (भिडिओ)

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले मुलुकमा अस्थिरता निम्त्याउनेहरुले संघीयता विरोधी अभियान चलाउन थालेको बताएका छन् ।

उनले संघीयता विरोधी र अस्थिरता निम्त्याउनेहरुलाई मलजल हुने गरी गतिविधि नगर्न आग्रह गरेका छन् ।

बुटवलमा शनिवार सम्पन्न प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औँ साधारण सभामा बोल्दै मुख्यमन्त्री गिरीले संघीयता विरोधीलाई मलजल गर्न नहुने बताए ।

मुख्यमन्त्री गिरीले सिंगो मिडिया क्षेत्र राष्ट्रियताको पक्षमा नरहेको दाबी गरे । उनले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परिरहेका बेला मिडिया क्षेत्र राष्ट्रियताको पक्षमा नरहेको आरोप लगाए ।

देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री गिरीले भने– मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनु पर्छ । एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत मिडियाले प्रचार नगरेको मुख्यमन्त्री गिरीले गुनासो गरेका छन् ।

राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूका कारण देश अस्थिरतातर्फ धकेलिएको उनले बताए ।

गिरीले वामपन्थीका नाममा स्वार्थपूर्तिमा लागेका दलका नेताका कारण देशमा अस्थिरता बढेको र एमालेविरुद्ध घेराबन्दी भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर