बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो सोना सिमेन्टको बिजुली – Nepal Press

बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो सोना सिमेन्टको बिजुली

रुपन्देही । बक्यौता नतिरेको भन्दै दाङमा रहेको सोना सिमेन्ट प्रालिको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ ।

प्राधिकरणले करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटेको जनाएको छ ।

दाङमा रहेको उद्योगको बक्यौता उच्च भएपछि लाइन काटिएको प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिएका छन् ।

उनले पटक पटक भुक्तानीका लागि ताकेता गरेपनि नभएकोले बाध्य भएर लाइन काट्नुपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर