२४ घण्टा नबित्दै प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ यूट्युव ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो) – Nepal Press

२४ घण्टा नबित्दै प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ यूट्युव ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो)

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । बिहीबार सार्वजनिक बिहीबार सार्वजनिक भएको गीत यूट्युवमा यो समाचार तयार गर्दासम्म १० लाखले हेरिसकेको छन् । नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक भएको गीतमा सपूतको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा गायक सपूतलाई सारंगी बाधक बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती ‘फूलमाया’ ‘सकम्बरी’को कथा समेटिएको छ । गीतको भिडियो निर्देशन गायक सपूतले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्यसमेत देखाइएको छ । भिडियोमा कुसुम शर्मा, सुनिल थापा, हेमन्तकान्छा रसाइली, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर