सोलुमा माउन्टेन बाइक रेस हुने – Nepal Press

सोलुमा माउन्टेन बाइक रेस हुने

काठमाडौं । सोलुखुम्बुमा अन्तर्राष्ट्रिय स्तरको इन्डुरो रत्नाङ्गे माउन्टेन बाइक रेस प्रतियोगिता हुने भएको छ ।

सोलुखुम्बुको ३ हजार ३५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता वैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (-१८ वर्ष) गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रवर्द्धनमा विश्वास आयोजकले व्यक्त गरेको छ । फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको हो ।

रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर