जडीबुटीमा भिनाजुले सालोमाथि खुकुरी प्रहार
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० वैशाख १ गते १८:०२
![](https://www.nepalpress.com/wp-content/uploads/2023/04/Khukuri-prahar.jpg)
काठमाडौं । जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् ।
घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले काफ्लेलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया