सरकारसँग वार्ता भंग भएपछि मार्च पास गर्दै मिटरब्याजी पीडित (भिडिओ) – Nepal Press

सरकारसँग वार्ता भंग भएपछि मार्च पास गर्दै मिटरब्याजी पीडित (भिडिओ)

काठमाडौं । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् ।

आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् ।

चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *