पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक महासंघ सदस्यमा निर्वाचित – Nepal Press

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक महासंघ सदस्यमा निर्वाचित

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

श्रेष्ठ महासंघको ५७औं साधारण सभाबाट एसोसिएटतर्फबाट सदस्य निर्वाचित भएका हुन् ।उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरिसकेका छन् ।

साथै सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थामा आबद्ध रहेर काम गरिसकेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर